logo
  • शनिबार, भाद्र २० २०८३

NRNA कतार निर्वाचनमा हालसम्म ४२.१ प्रतिशत मत खस्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार साउन १२ ।
गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको २०२३-२०२५ कार्यकालको नयाँ कार्यसमिति चयन प्रक्रियाका लागि अनलाइन प्लेटफर्म मार्फत मतदान गर्ने कार्य चलिरहेको छ ।

कार्यसमिति चयन समितिका संयोजक क्रान्ति सिंहका अनुसार हालसम्म ४२.१% प्रतिशत मत खसेको छ । नेपाली समय अनुसार बिहीबार बिहान ९ बजेबाट शुरु भएको मतदान प्रक्रिया शुक्रवार राति १२ बजेसम्म चल्नेछ ।

मतदान सकिएपछि सर्वपक्षीय बैठक बसेर नतिजा प्रकाशनको निर्णय गरिने सिंहले बताए । स्मार्ट एनआरएनए एपबाट चलिरहेको मतदान प्रक्रियामा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारको दशौं महाधिवेशन होलिडे इन होटेल (द बिजनेस पार्क)मा शनिबार दिउसो २ बजेबाट हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend