logo
  • शनिबार, भाद्र २० २०८३

NRNA कतारको २३-२५ कार्यकालका लागि गुल्मीका दुई उम्मेद्वार


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल पन्थी, कतार साउन ११ ।
गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको २०२३-२०२५ कार्यकालका लागि गुल्मेली द्वय बुद्ध पाण्डे र झबिन्द्र आचार्यले उम्मेद्वारी दिएका छन् । पाण्डेले कोषाध्यक्ष र आचार्यले सह-कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् ।

लामो समयदेखि कतारमा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका सामाजिक अभियन्ता द्वयले कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरुमा काम गर्ने र संस्थाको आर्थिक पाटोलाई सहि व्यवस्थापन गराएर सरल र सहज पारदर्शीता राख्ने दृढ संकल्प गर्दै एनआरएनए कतारको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुर्याउन केही गर्ने आत्म विस्वासका साथ उम्मेदवारी दिएको साझा नेटवर्कलाई जानकारी दिए ।

पाण्डे गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं १ पौदी थामडाडा घर भइ विगत लामो समयदेखि कतारमा कार्यरत छन । सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका उनि हाल गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष समेत हुन ।

त्यस्तै झविन्द्र आचार्य गुल्मीको मालिका गाउँपालिका वडा नं ५ छापाहिले घर भइ एक दशक भन्दा लामो समयदेखि कतारमा रहेर हाल व्यवसायी गर्दै आएका छन् । लामो समयदेखि समाज सेवामा लागेका आचार्य गुल्मी सेवा समाज कतारका वर्तमान कार्यसमिति वरिष्ठ सल्लाहकार हुन । उनि कतारमा गुल्मी यातायातको नामबाट पनि परिचित छन ।

कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि काम गर्ने दृढ इच्छा रहेको द्वय बताउछन । सस्थाको पदनै ठुलो कुरा नभनी जुनसुकै पदमा रहेपनि पद भन्दा काम ठुलो भन्ने मान्याता रहेको उनीहरुको भनाई छ ।

आफ्नो तन र मन दिई आगामी दिनमा संस्थाको सम्पूर्ण पदाधिकारीसँग हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ सस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हक, हितको पक्षमा काम गर्न आफुहरु तयार रहेको पनि बताए । हरेक नेपाली श्रमिकको प्रत्यक्ष दुख सुखमा साथ दिनसक्ने तर्फ अगाडी बढाउन आफ्नो ठाउँबाट मह्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्द्ता समेत व्यक्त गरे ।

गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको दशौँ महाअधिवेशनबाट (२०२३-२०२५) कार्यकालका लागि नयाँ नेतृत्व चयनका गर्न आगामी (जुलाई २७-२८ तारिख) बिहिवार र शुक्रवार अनलाइन प्लेटफर्म मार्फत मतदान हुदै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend