logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा ७ लाख बढीको पिकअप सहित चल्ला नियन्त्रणमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा ७ लाख २८ हजार मुल्य बराबरको अवैध कुखुराको चल्ला सहित पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। आईतवार सुस्ता गाउँपालिका वडा नं. १ रुपौलिया स्थितमा अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको लु १ ज २६८३ नम्बरको पिकअपमा २६ कार्टुन करिब २ लाख २८ हजार मुल्य बराबरको बोईलर कुखुराको चल्ला ल्याउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको उक्त गाडीको मूल्य मुल्य करिब ५ लाख रहेको प्रहरीले जनाएको छ । पिकअप चालक प्रतापपुर गाउँपालिका वडा नं. १ बस्ने ३७ बर्षिय भोलानाथ थारु, अबैध चल्ला र पिकअप गाडिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend