साझा नेटवर्क
डोटी, साउन ७ ।
शिवशिखर सहकारी संस्थाले ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा आठ सय १८ जनाले उजुरी दिएका छन् । दिपायलको पिपल्लामा शाखा कार्यालय रहेको सहकारीमा उजुरी दिएकाहरुले ६ करोड ४० लाख ६२ हजार नौँ सय ९० रुपैयाँ ठगिएको दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार उजुरी आउनेक्रम निरन्तर छ । अहिले उजुरी लिने काम मात्रै भएको र थप प्रकृयाका लागि पछि केन्द्रबाट आउने आदेश अनुसार हुने उहाँको भनाई छ ।
प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका सहायक प्रहरी निरीक्षक धिरेन्द्र धामीका अनुसार अहिलेसम्म आएका उजुरीमा सबैभन्दा धेरै १२ लाख ४५ हजार ठगीएको उजुरी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend