logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीको केरा उत्पादक संघमा तालाबन्दी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी साउन २ ।
नवलपरासीमा स्थानिय केरा ब्यापारी र केरा किसानहरुले नवलपरासी केरा उत्पादक संघको कार्यालयमा ताला बन्दी गरेका छन। मंगलवार प्रतापपुर गाउँपालिका वडा नं.८ स्थित संघको कार्यालयमा सयौं किसान र ब्यपारीहरुले तालाबन्दी गरेका हुन ।

उत्पादक संघले केरा ब्यपार गर्नको लागी १ लाख ५० हजार धरौटी तथा प्रति किलो न्युनतम २० रुपयाको दरले मात्र केरा किन्न सक्ने निर्णयको बिरोध गर्दै ताला बन्दी गरिएको केरा ब्यपारी जनार्दन यादवले बताए ।

संघले मनोमानी ढङ्गले निर्णय गरेको र संघले मात्र ब्यपार गर्न खोजेको हुदाँ धरौटीको निर्णय गरेको कन्हैया कुमार हरिजनले बताए । यसै क्रममा संघको कार्यालय अगाडी नाराबाजी गर्दै नवलपरासी केरा उत्पादक समितिका अध्यक्ष लख्खु यादवलाई पदमाबाट राजिनामा समेत माग गरेका हुन ।

साथै धरौटी रकम खारेज गर,तौल प्रणाली खारेज गर जस्ता नारा लगाएका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend