logo
  • शनिबार, भाद्र २० २०८३

एनआरएनए एनसिसी कतारको सचिव पदमा अग्नीधर देवकोटाले गरे उम्मेदवारी घोषणा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दर्शन सुनार, कतार साउन १ ।
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सचिब पदमा अग्नीधर देवकोटाले आफ्नो उम्मेदवारी घोषणा छन् । विगत लामो समय देखि कतारमा कार्यरत रहेका देवकोटा विभिन्न सामाजिक कार्यमा सक्रिय छन् करिब डेढ दशक कतार बसाईमा विभिन्न संघ सस्थांमा आवद्ध रहेर सामाजिक हक र हितको लागि काम गरिरहेको अनुभवको आधारमा सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

देवकोटाले नेपाली समाजलाई शु-ब्यवस्थित गर्न,बिकासशिल गर्न र आर्थिक पार्दर्शिता र श्रमिक मैत्री पुर्ण बनाउन २०२३/२५ कार्यकालको लागि सचिब पदमा आफनो उम्मेदवारी दिने घोषणा गरेको देवकोटाले साझा नेटवर्कलाई बताए । कास्की जिल्लामा जन्मेका देबकोटा वैदेशिक रोजगारीको शिलशिलामा कतारलाई कर्म थलो बनाउदै आएका छन ।

हाल कास्की आदर्श समाज कतारका अध्यक्ष, गण्डकी प्रदेश समन्वय परिषद कतारको निवर्तमान सचिब,नेपाली रक्तदाता संघ कतारको कार्यसमिति सदस्यदेखि कतारमा स्थापित सामाजिक संघ-सस्थामा आवद्ध छन देवकोटा नेपाली समुदायबिच समाजसेवीको रुपमा समेत परिचित रहेका छन।

देवकोटाले आफुलाई मत दिन गैर आवासिय नेपाली संघका अग्रज तथा सामाजिक अभियान्ता सम्पुर्ण परिषद सदस्य, ब्यवसायी,पत्रकार एवम कतारमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी सबैलाई अपिल पनि गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend