logo
  • शुक्रबार, असोज ९ २०८३

पूर्वमन्त्री यादव वैंकिङ कसुरमा पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बुटवल, साउन १ ।
लुम्बिनी प्रदेश सरकाका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्। चेक वाउन्सको मुद्दामा जारी भएको पक्राउ पुजीका आधारमा उनलाई बाँकेको होलीयाबाट प्रहरीले पक्राउ गरेको हो ।

गएको माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको चेक बैंक अफ काठमाडौंमा बाउन्स भएपछि पूर्व मन्त्री यादवमाथि मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

२०७४ काे निर्वाचनमा जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित यादव गत वर्षको साउन ३१ मा नेकपा एमालेमा प्रवेश गरेका थिए। बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित उनी शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend