logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा वृहत रक्तदान कार्यक्रम हुने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार असार ३१ ।
कतारमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । पर्वत समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा यहि २१ जुलाई २०२३का दिन बृहत रक्तदान कार्यक्रम हुँने भएको हो ।

“रक्तदान नै जीवन दान हो” “रक्तदान गरौं, परोपकारी कार्यमा सहभागी होऔं “भन्ने नाराका साथ खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आउँदो जुलाई २१ तारिख शुक्रबार कतारको सरकारी अस्पताल हमादको “ब्लड डोनर सेन्टर”मा उक्त कार्यक्रम हुन लागेको समाजले जनाएको छ ।

कार्यक्रममा कतारमा स्थापित सामाजिक तथा बैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरु लगायत सम्पूर्ण नेपालीलाई उपस्थित भएर रक्तदान गरिदिन हुन समाजका अध्यक्ष रघुनाथ शर्माले अनुरोध गरेका छन् ।

रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि शुरु भएर दिउँसो १ बजे सम्म रहेको आयोजक संस्था पर्वत समाज कतारले जनाएको छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend