साझा नेटवर्क
दर्शन सुनार, कतार असार ३१ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको आगामी कार्यकाल २०२३/०२५ को लागि सन्तोष क्षेत्रीले सचीव पदमा उम्मेदवारी दिने भएका छ्न । बर्तमान कार्यसमितिमा प्रवक्ता समेत रहेका क्षेत्रीले आगामी कार्यकालको लागि सचीव पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
बिगत लामो समय देखि कतारमा कार्यरत झन्डै डेढ दशकको पत्रकारितको अनुभव एवं कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व तहमा रहेर काम गर्दैगर्दा प्राप्त अनुभवको आधारमा आगामी २०२३/२५ कार्यकालको लागि सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको बताए।
एनसीसी कतारको गरिमालाई बचाई राख्न कतारमा स्थापित संघ-संस्था संग समन्वय गर्दै नेतृत्वमा युवा सहभागिता, आर्थिक पारदर्शिता एवं श्रमिकको विश्वसनीयता बनाउने आफ्नो लक्ष्य रहेको क्षेत्रीले साझा नेटवर्कलाई बताए ।
कतारमा स्थापित संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, गैर आवासीय नेपाली संघका अग्रज तथा सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सबैलाई अमुल्य मतदान गरेर साथ, सहयोग र समर्थनका लागि अपिल गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend