logo
  • शनिबार, साउन ३० २०८३

मदाने १ अग्लुङ्गले गर्भवती महिलाको निम्ति नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याउने

अग्लुङ्ग स्वास्थ्य चौकीमा सुत्केरीहुन आउनेलाई साउन १ देखि निशुल्क एम्बुलेन्स सेवा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,गुल्मी असार २९ ।

मदाने गाउँपालिका १ अग्लुङ्गले गर्भवती महिलाको निम्ति नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याउने भएको छ । बिहिवार बसेको वडा कार्यपालिका बैठकले वडा भित्र सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उदेश्यका साथ अग्लुङ्ग स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गर्भवतीलाई आउनजान निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

बर्थिङ्ग सेन्टरसम्म पुग्नकाे लागि आर्थिक अभावकाे कारण जाेखिमपुर्ण तरिकाले घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको र त्यसको अन्त्य गर्ने भन्दै वडा कार्यलयले यस्तो निर्णय गरेको हो । साझा नेटवर्क सँग संक्षिप्त कुरा गर्दै वडा अध्यक्ष सुशील चन्दले भने  “अग्लुङ भित्रका गर्भवती आमा र नवजात शिशु हरुको सुरक्षाको निम्ति एउटा सानो  प्रयास गरेका छाै । अग्लुङ्ग भित्रका आमाहरु २०८० साउन १ देखि लागुहुनेगरि सुत्केरीहुन अग्लुङ्ग स्वास्थ चाैकिमा आउनुहुने छ । उहाँहरुलाई आउनजान निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने हामिले निर्यण गरेका छाै । यस कर्मले एकातर्फ यातायात खर्च जुटाउन नसकेर घरमै सुत्केरी हुनुपर्ने बाध्यताकाे अन्त्य गर्ने छ भने अर्कातिर तालिम प्राप्त स्वास्थ्यकर्मिको निगरानीमा सुरक्षित तरिकाले शिशुलाई जन्मदिन सक्नुहुने छ ।”

अग्लुङ्ग स्वास्थचाैकिमा सुत्केरी हुन नसकि अन्यत्र अस्पतालमा जानुपर्ने जटिल समस्या देखिए मदाने गाउँपालिका बाट यातायात खर्च उपलब्ध हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend