साझा नेटवर्क
एनआरएन ए कतारको आउदो निर्वाचनको लागी यति बेला दोहामा कार्यरत विभिन्न ब्यक्तिद्धारा आफ्नो उम्मेदवारी घोषणा सामाजिक सन्जाल मार्फत प्रत्यक्ष गर्दै आईरहेका छन । कतारमा बसोबास गर्ने नेपालीहरुको सामाजिक संजाल प्रचार सामाग्रीले भरिपुर्ण रहेको छ ।
यो सँगै बिगत लामो समय देखी एनआरएनए कतारको २०१५ देखि पार्षद सदस्य हुँदै बर्तमान कार्यसमितीमा साँस्कृतिक संयोजक समेत काम गर्दै आएका सामुयल सुनुवारले आगामी २०२३/२५ कार्यकालको द्धित्तिय उपाध्यक्षमा सामाजिक सन्जाल मार्फत आफनो उम्मेदवारी घोषणा गरेका छ्न ।
रामेछाप जिल्लामा जन्मिएका सुनुवार करिब १ दशक देखि कतारमा कार्यरत छन फिफा वल्डकप २०२२ मा नेपाल र नेपालीको मौलिक भाषा, भेष-भुषा कला संस्कृतिलाई बिश्वब्यापी रुपमा चिनाउन प्रदसनीमा आफु निकै खटेर काम गरेको बताए त्यस्तै एनआरएन ए कतारका आयोजनामा बिभिन्न कार्यक्रममा अभियानहरुमा आफु सहयोगी भएर काम गरेको सामुयल बताउछन ।
सुनुवार सेवा समाज शाखा कतार (पूर्व अध्यक्ष), नेपाल आदिबासी जनजाती महासंघ (कतार सल्लाहकार), गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार (सदस्य तथा सास्कृतिक संयोजक), रामेछाप सेवा समाज कतार (विशेष सल्लाहकार) लगायतका विभिन्न संघ संस्थामा आबद्ध रहेका छ्न । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको चुनाव यही आउदो जुलाई २१ का दिन हुन गईरहेको छ
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend