साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार असार २७ ।
“नि:स्वार्थ भावना, सेवा गर्ने हाम्रो चाहाना” भन्रे मूल नाराका साथ सामाजिक कार्यमा सक्रिय रहेको गुल्मी सेवा समाज ओमानले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले जिल्लाको गुल्मी दरबार गाउँपालिका ४ विरबास निबासी बसन्त परियारलाई (३८,७८०) अठ्तीस हजार सातसय असी रुपैयाँ सहयोग गरेको हो ।
लामो समयदेखि बिरामी परेका उनको उपचारमा थुप्रै रकम खर्च भइसकेको छ । अहिलेसम्म निको नभई उपचार गराई रहेका परियारको घरको आर्थिक अवस्था पनि निकै नाजुक बन्दै गएपछि थप उपचार लागि समाजका कोषाध्यक्ष ठाकुर प्रसाद डम्मरपालले समाजमा जानकारी गराएका थिए ।
समाजमा आएको उक्त अपिललाई सस्थागत र विभिन्न ब्यक्तीहरु मार्फत आर्थिक सहयोग संकलन गर्ने निर्णय गदै कोषाध्यक्षको विशेष पहलमा संकलन भएको रकम अमृत भुसालले पीडितलाई हस्तान्तरण गरेका हुन।
सहयोग रकम लिदै बसन्त परियारले यसरी दुखको बेलामा आर्थिक सहयोग गर्नु हुने गुल्मी सेवा समाज ओमान साथै सहयोगमा जुट्नु हुने सम्पुर्ण नेपालीहरुलाई धन्यवाद दिदै आभार प्रकट गरे ।
गुल्मी सेवा समाज ओमान परिवारले जिल्लामा रहेका विभिन्न समयमा आर्थिक सहयोग समेत गर्दै आएको छ । बसन्तको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मानवीय सहयोग कार्यमा हातमा हात मिलाउदै आफ्नो जन्म ठाउँमा सहयोग जुटाउनु हुने सम्पुर्ण सहयोगी मनहरुलाई समाजका अध्यक्ष सुर्य पन्थीले धन्यवाद दिएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend