साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी असार २५ ।
नवलपरासीमा १ लाख ८७ हजार ९ सय ८० मुल्य बराबरको अवैध कपडा प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार सरावल गा.पा.४ गोबरहिया चोक स्थितमा अवैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ युपी ५६ के ६८०८ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा कुर्ता सुरवाल ८१ पिस, टिसर्ट ६२५ पिस प्रहरी चौकी गोबरहियाबाट प्रहरी सहायक निरिक्षक हरी अधिकारीको कमाण्डमा खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीको टोली देख्ने बित्तिकै मानिस मोटरसाईकल तथा सामान छोडी फरार भएको थियो । मोटरसाईकल सहित उक्त सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend