गुल्मी २० असार । गुल्मी सदरमुकाम तम्घासबाट पिपलधारा बङज्याङका लागि छुटेकाे जिप दुर्घटना परेकाे छ । धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारा बजार देखि केही पर बङ्ज्याङ्ग जाने बाटाे मा. ध १ ज ३० नं काे बोलेराे जीप दुर्घटना मा परी ३ जना घाईते भएका छन् । घाईतेलाई उपचारकाे लागि तम्घास ल्याइएको छ ।
घाईतेहरु चालक बिमल महत, निरन कुवँर, कपिल कुवँर घाईते भएका छन्। चालकका अनुसार गाडिकाे ब्रेक पाईप फुटेका कारण ब्रेकले काम नगरेर माडमा दुर्घटना हुन पुगेकाे चालकले बताएका छन्।