logo
  • शुक्रबार, असोज ९ २०८३

साहसिक कार्यका प्रतिमूर्ति द रियल हिरो सुदर्शन गौमत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं : रामेछापमा जन्मिएका सुदर्शन क्यानेडियन नागरिक हुन्। १३ वर्षको कलिलो उमेरमा ०५१ सालमा घरको छतमा रड लिएर खेल्दै गर्दा रड बिजुलीको तारमा छोइएपछि उनी ठुलो दुर्घटनामा परेका थिए । त्यसपछि उनका दुवै हात काटिएका हुन् । दुवै हात गुमाएर पनि विश्वमा सबैलाई चकित पार्ने साहसिक कार्य गर्दै विश्व मानचित्रमा छुट्टै ईतिहास कोर्न सफल उनि मानबिय सभ्यताका सफल उदारण हुन् भन्दा फरक नपर्ला।

दुवै हात गुमाएर पनि सानै देखि आफ्नो दैनिक कार्य आफैले नै गर्दै आएका गौतमले खुट्टाले लेखेर एसएलसी उत्तीर्ण गरे भने उनले खुट्टाले नै लेखेर मास्टर सम्म अध्यन गरेका छन र कम्प्यूटर साइन्समा डिप्लोमा सम्मको  अध्ययन समेत पुरा गरे। उनि खुट्टालेनै आफ्नो गाडी, मोबाईल  देखि कम्प्यूटर सम्म चलाउँछन् ।

२०१३ मा विश्वको अग्लो चुचुरो सगरमाथाको सफल आरोहण गरिसकेका उनि चलचित्र हिम्मतवालीमा अभिनय गरेर पहिलो पटक नायकको रुपमा आफुलाई स्थापित गर्न सफल भएका थिए। क्यानडा सरकार बाट क्यानेडियन डिसेबिलिटी हल अफ फेम जस्तो गरिमामय अवार्ड पाएका गौतमले दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान र अवार्ड पाउन सफल भईसकेका छन्।

भर्खरै मात्र संसारको साँतौ आश्चार्य नियाग्रा फल्समा १२,५०० फिट माथिबाट स्काई डाइभ Skydive गरेर अर्को साहसिक कार्य गरेर दुनियालाई चकित बनाउन सफल बहुप्रतीभाका धनि सुदर्शन अद्भुत क्षमताका व्यक्तित्व हुन्। असाधारण क्षमताका सुदर्शन गौतमको परिचयको यतिमा मात्र सिमित छैन उनी फिल्मका नायक हुन्, सगरमाथा आरोही हुन्, मोटिभेसनल स्पिकर हुन्, सफल ब्यबसायी  हुन्, बरिष्ठ समाजसेवी हुन् भने संसारका मानिसहरुको लागि प्रेरणाको श्रोत हुन्। विश्व विख्यात व्यक्तित्व साहस र हिम्मतका प्रतिमूर्ति द रियल हिरो सुदर्शन गौमत नेपालीहरुका शान हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend