साझा नेटवर्क
पहिरो सांकेतिक तस्विर
पहिराले घर पुर्दा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । बिहान करिब ५ बजेतिर स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरेको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरी जनाएको छ ।
घटनाकाे नेपाल प्रहरी,सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्दार गरिरहेका छन । यता प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जिल्लाभर नै पानी परेकाले सतर्कता अपनाउन आग्रह गरेका छन । उनले जिल्लामा भारि बर्षा भएकाे र कहि प्राकृतिक विपत्ति परेमा तत्काल नजिकैको प्रहरी,स्थानीय सरकार र प्रशासन कार्यालयमा खवर गर्न अनुराेध गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend