साझा नेटवर्क
दर्शन सुनार,दोहा असार १६ ।
नेपाल मगर संघ,शाखा कतारको “१५ औ राष्ट्रिय महाधिवेशन तथा २३ औ बार्षिकोत्सव” कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । संघका अध्यक्ष बिवेक पुलामी मगरको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ शाखा कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यमा सप्पन्न सभाबाट अध्यक्षमा रेशम आले मगर निर्वाचित भएका छन ।
कार्यसमितीको प्रथम उपाध्यक्षमा देबी कुमारी मगर,द्वितिृय उपाध्यक्षमा कुमार राहादी मगर, महिला उपाध्यक्षमा भद्रमाया (बिना) मगर महासचिवमा समिर थापा मगर,सचिबमा सोम बा थापा मगर, संगठन सचिबमा दिपक एक्चाई मगर,कोषाध्यक्षमा पाण्डप थापा मगर, सह-कोषाध्यक्ष-भक्त ढेगा मगर,कला तथा सांस्कृतिक बिभाग संयोजकमा ओम बा. थापा मगर, र भाषा लिपी तथा साहित्य बिभाग संयोजकमा तुसार पुन मगर चयन भएका छन । 
त्यस्तै कार्यसमिति सदस्यहरुमा दुर्गा थापा मगर,सानु पुलामी मगर,महादेव थापा मगर, लक्ष्मी (रबिना) मगर,चेत बा. बलमपाकी मगर, पवन थापा मगर, बिनोद राना मगर,दिलुमाया राना मगर,पूर्ण राना मगर,जितु मगर,पदम आले मगर,मनु गाहा मगर,धनप्रसाद राना मगर निर्बिरोध रुपमा चयन भएका छन ।
संघले कला तथा सांस्कृतिक बिभाग र भाषा लिपी तथा साहित्य बिभाग पनि चयन गरेको छ नवनिर्वाचित पदाधिकारीहरुलाई संघका सल्लाहकार सदस्य रमेश कनौजे मगरले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रमको सभाहलमा कतारमा स्थापित बैचारिक सङ्गंठन प्रदेश परिषद, विभिन्न जातीय तथा धार्मिक संघ-संस्था,संघमा आवद्ध महिला बिभाग,एरिया कमिटीका पदाधिकारीहरु विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो ।
मगरहरुको संस्कार अनुसार सभापति,प्रमुख अतिथि,सांस्कृतिक वाङ (राजा) प्रमुख सल्लाहकार र एनआरएन ए एनसिसी कतारका प्रथम उपाध्यक्ष जैबी राईलाई फेटाद्धारा सम्मान गरिएको थियो । कार्यक्रमको सभा हलमा संघमा आवद्ध कलाकारहरुले जोडदार सांस्कृतिक प्रस्तुति दिएका थिए । संघले आयोजना गरेका विभिन्न कार्यमा विभिन्न तह र तप्काबाट सहयोग गरेका विशेष सहयोगी संघ सस्थां संघमा आवद्ध रहेका कलाकारहरु स्थानीय कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
आफ्नो शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि डिएन मगरले ” सभ्य समाज निर्माण गर्न स्टेजमा बोलेर भाषण गरेर मात्र नभई परिवर्तनको सुरुवाट आफैबाट गर्नुपर्ने बताए । समाज एकता गर्ने अभियानमा सबैलाई जुटन अनुरोध गर्दै आफुपनि यो अभियानमा सबैसंग हातेमालो गर्न तप्पर रहको बताए । उनले १४ औ कार्यसमितीले धेरै राम्रा काम गरेको भन्दै खुलेरै प्रसम्सा गर्दै अब बन्ने नयाँ कार्यसमितीले थप नंया राम्रा काम गर्ने र जुझारु टिम बन्ने आशावादी रहेको बताउदै आफ्ना भनाईहरु राखेका थिए ।
संघका द्धित्तिय उपाध्यक्ष देबी मगरको स्वागत मन्तव्य रहेको सभालाई संघका कार्यबाहक महासचिव समीर थापा मगरले सहजीकरण गरेका थिए ।
सभाको समापन गर्दै सभापति मगरले सबैको साथ र सहयोगले आफ्नो कार्यकाल सफल भएको बताए । विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने कतारमा स्थापित सम्पुर्ण संघ-सस्थां संघमा आवद्ध एरिया कमिटी, बिभाग,र कार्यक्रम सभ्य र भब्य बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद कृतज्ञता प्रकट गर्दै खुल्ला सत्र बन्द भएको घोषणा गर्दै कार्यक्रमको समापन गरेका थिए ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend