logo
  • शनिबार, साउन ३० २०८३

लमही आँँखा अस्पतालमा अत्याधुनिक मेसिन जडान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,दाङ् असार १५ ।

लमही आँखा अस्पतालमा अत्याधुनिक आँखा सल्यक्रिया गर्ने मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय र आँखा अस्पतालको संयुक्त लगानीमा आँखा सल्यक्रिया गर्ने अत्याधुनिक मेसिन जडान गरिएको हो ।

सल्यक्रिया गर्ने क्यामरा र भिडियो भएको माइक्रोस्कोप मेसिन जडान गरिएको आँखा अस्पतालका प्रमुख प्रशासक शमशेर थापाले जानकारी दिनुभयो । ‘पहिला सामान्य खालको मेसिन थियो । अहिलेको मेसिन अत्याधुनिक छ । अप्रेसन हुँदै गरेको लाइभ भिडियो आफन्तले हेर्न मिल्ने सुविधा पनि छ’– उहाँले भन्नुभयो– ‘सल्यक्रिया भइरहेको आफन्तले डिस्प्लेमा सजिलैसँग हेर्न मिल्ने सुविधा पनि छ ।

यसले गर्दा चिकित्सको आत्मविश्वास र बिरामीका आफन्तलाई ढुक्कको वातावरण बनाउँछ । ६० लाख रुपैयाँ बजेटबाट मेसिन खरिद गरिएको छ । जसमा २४ लाख लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय र ३६ लाख लमही आँखा अस्पतालको लगानीमा मेसिन किनिएको हो । यो मेसिनले उपचार र शिक्षण दुबैमा सहयोग पुग्ने भएको छ । नेपाल नेत्रज्योती संघले स्थापना गरेका अस्पतालमा आँखाको उपचारसँगै पढाइ हुने गरेको छ ।

आँखाको अनुसन्धान र तालिम केन्द्र बनाउन गुठी संस्थानसँग दुई विगाह जग्गा माग गरिएको र प्रक्रिया अघि बढेको आँखा अस्पतालले जनाएको छ । यसैबीच आँखा अस्पतालले खरिद गरेको सामग्रीको सामाजिक परीक्षण गरिएको छ । खरिद तथा गुणस्तर निर्धारण समितिका संयोजक रेशमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरी, नेपाल नेत्रज्योति संघका सदस्य श्यामप्रकाश आचार्य, घनश्याम सुवेदीलगायतको सहभागिता थियो ।

कार्यक्रममा खरिद भएको मेसिनको खरिद प्रक्रियाको बारेमा अस्पतालका प्रमुख प्रशासक शमशेर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend