साझा नेटवर्क
दर्शन सुनार,दोहा असार १३ ।
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले बृहत सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ । ईद उल अदहाको अवसरमा परिषदले शुभकामना आदान-प्रदान तथा २१-२३ कार्यकालमा साँस्कृतिक कार्यक्रमहरुमा विभिन्न तह र तप्का बाट सहयोग गर्ने संघ-संस्था,कलाकार,पत्रकारहरुलाई सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको हो ।
एनआरएन ए का अध्यक्ष मोहम्मद मुक्तताको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा:नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको पन्चेबाजा बजाएर उदघाटन गरिएको थियो । कार्यक्रममा संघका दित्तिय उपाध्यक्ष प्रेम चलाउनेले स्वागत मन्तव्य राखेका थिए भने बालकलाकारहरुले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
गैर आवासिय नेपाली संघले बिशेष अतिथीहरुलाई मायाको चिनो हस्तान्तरण गरेको थियो । संघले आयोजना गरेको कोरोना महामारीमा ग्यास सिलिन्डर नेपाल पठाउन आर्थिक सहयोग गर्ने संघ सस्थाहरुलाई सम्मान पत्रद्धारा सम्मान र एनसीसी कतारले विभिन्न समयमा आयोजना गरेका सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिने कलाकारहरुलाई मायाको चिनो र सांस्कृतिक सस्थांहरुलाई पारिश्रमिक सहित सम्मान गरेको थियो भने थुप्रै कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए ।
कार्यक्रमको सभा हलमा एनआरएनए आईसिसी, एनसिसीका विभिन्न ओहोदाका पदाधिकारीहरु अन्तर्राष्ट्रिय बिभागका प्रतिनिधिहरु,आईसीसीका सदस्यहरु दोहामा स्थापित बैचारिक सङ्गठन, प्रदेश समन्वय परिषद, जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि,पत्रकार,कलाकारहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
आफ्नो शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि महामहिम डा: ढकालले नेपाली कला संस्कार र संस्कृतिको प्रवद्धन र पहिचानका लागी नेपालको पहिचान बिश्व सामु चिनाउन आ-आफनो तर्फबाट योगदान गर्नुहुने सम्पुर्ण कलाकारहरुलाई प्रसम्सा गर्दै हार्दिक अभिनन्दन तथा बधाई दिए कतारमा रहेका सम्पुर्ण नेपालीहरु सङ्ग भावनात्मक रुपमा नेपालीहरुको भावना र समस्यामा आफु पनि जोडिएको र बुझेको बताउदै आउदै गरेको एनआर एन ए को महाधिवेशनलाई हामी सबै मिलेर निर्बिरोध रुपमा सहमतिका साथ सफल पार्न सके अन्तर्राष्ट्रिय रुपमै कतारको उच्च सम्मान बढ्ने बताउदै “कतारमा रहेका नेपालीहरुको एकताको कतार” भन्ने सन्देश हामी सबै मिलेर दिन सकौ भन्ने सबैलाई आग्रह गर्दै आफना भनाईहरु राखेका थिए ।
संघका महासचिव पदम गिरीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति मोहम्मद मुक्तता मुसलमानले कतार सरकारले उत्कृष्ट रुपमा सप्पन्न गरेको फिफा वल्ड्कपमा नेपाली समुदायको तर्फबाट सहभागीता भएर नेपाल र नेपालीको भेष-भुषा पहिचान अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याउन सहयोग गर्नुहुने सम्पुर्ण कतारबासी नेपालीहरुलाई बधाई तथा धन्यवाद दिदै आफ्नो कार्यकालमा सकिन लागेको र आफु अन्तिम समयको भएको बताउदै एनआरएन ए को महाधिवेशन पछि पनि आफु नेपाली समाज निर्माणको लागी उभिने बताए र अप्ठ्यारोमा परेका नेपालीहरूलाई नितान्त सहयोग गर्ने वचन प्रतिबद्धता जाहेर गर्दै हलमा उपस्थित सम्पुर्णलाई इदको शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend