logo
  • शनिबार, साउन ३० २०८३

काँग्रेसलाई बलियो बनाउन तल्लो तहदेखि माथीसम्मका नेता तथा कार्यकता सच्चिन जरुरी छ : सभापति पुन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

यमलाल भुसाल, बुटवल असार १२ ।
नेपाली काँग्रेसका कार्यकर्ताहरुले पार्टी भित्रको गुट उपगुटलाई अन्त गरि पार्टीको विधान अनुसार पार्टीलाई अगाडी बढाउन सुझाव दिएका छन । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा २ “क” को प्रदेश सम्मेलनमा वोल्दै उनिहरुले विधान अनुसार पार्टीलाई चलायमान बनाउन र पार्टीका भातृसंगठनहरुको भूमिकालाई प्रभावकारी बनाउन माग गरेका छन । कार्यकर्ताको जिज्ञासामा पार्टीका नेताहरुले नेतृत्व तहदेखि कार्यकताहरुसम्म भए गरेका र हुने कमजोरीहरु सच्चाउन र सच्चिन आवश्यक रहेको औल्याउनु भएको छ ।

उनिहरुले नेताहरुले कार्यकताको मनोभावना बुझ्न नसकेको गुटगत राजनितीमा लिप्त भएको गुनासो गरेका छन । कार्यकर्ताहरुको जिज्ञासा सुनेपछि बुटवल नगरपालिकाका मेयर तथा नगर सभापति खेलराज पाण्डेयले राम्रा काम भएको वारेमा नदेख्ने अनी विरोधका लागि विरोध गर्ने सामाजिक संजालमा नेता तथा पार्टीका वारेमा अनरगल रुपमा पोष्ट गर्ने कार्य बन्द गर्न माग गर्नु भयो । मेयर पाण्डेले एक वर्षको दौरानमा वनकै महत्व पूर्ण काम गरेको बताउदै ५ वर्षको दरमियानमा नगरवासिले देख्ने र प्रसम्सा गर्ने गरि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

त्यस्तै नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले जनप्रतिनिधीहरुले गरेका राम्रा कामको प्रचार प्रसार गर्न कांग्रेस कार्यकताहरुले कन्जुसायी गर्न नहुने भन्दै खुलेर प्रचार गर्न आह्वान गर्नु भयो । उहाँले पार्टी भित्र रहेका कमजोरी हरेक तह र तप्कामा रहनेहरुले सच्चाउन र सच्चिन जरुरी रहेको भन्दै पार्टीलाई बलियो वनाउने तर्फ एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

पार्टीका नेता तथा कार्यकर्ताहरुले गुट उपगुटको राजनिती गर्न नहुने भन्दै काँग्रेस वलियो हुदा कार्यकर्ताले नै फाईदा हुने तर्क गर्नु भयो । तिलोत्तमामा आफू नगर प्रमख भएर आएको एक वर्षमा गरेका राम्रा कामको खुलेर प्रसंसा गर्न आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथी तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले पार्टी नरहे हामी कसरी रहन्छौ त्यसैले पार्टी बचाउनका लागि तल देखि माथीसम्मका नेता तथा कार्यकताहरु सच्चिन जरुरी रहेको औल्याउनु भयो ।

सभापति पुनले नेपाली कांग्रेसले नै मुलुकमा राणा फाल्ने देखि मुलुकमा आर्थिक उदारीकण गदै रोजगारी श्रृजना, औद्योगिकरण र संघिय गणतन्त्रमा समावेसिता सहभागिता र सहअस्तित्व स्थापित गराएका कुरालाई विर्सन नहुने जिकिर गर्नु भयोे। चोकचोकमा काँग्रेसलाई गाली गर्ने भन्दा पनि काँग्रेसको नेतृत्वमा रहेका स्थानिय तहमा गर्न पर्ने कामका वारेमा सहकार्य गर्न आहवान गर्नुभयो ।

रुपन्देही क्षेत्र नम्बर २ “क” का सभापति खडक बहादुर महतको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेसका कोषाध्यक्ष प्रकाश राना, पूर्व राज्य मन्त्री रिना नेपाल, दीर्घ बहादुर केसी राम बहादुर कार्की, पर्सुराम ढकाल, हरिलाल पाण्डे काजीमान श्रेष्ठ रमेश डुम्रे, कृशन बहादुर राना, रीता सेन लगायतले वोल्दै नेपाली काँग्रेसले नै देश र देशवासीको रक्षा, संबिधानको पालना गर्ने भएकाले पार्टीको विरोधमा भन्दा पनि पार्टीले गरेका कामको वारेमा चर्चा र प्रसंसा गर्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend