साझा नेटवर्क
कमल पौडेल, बागलुङ्ग असार १० ।
बडिगाड गाउँपालिकाको १३ औं गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को लागि गाउँपालिका उपाध्यक्ष भिमसेन बनले प्रस्तुत गर्नुभएको ६७ करोड १९ लाख ६४ हजार बराबरको बजेट तथा कार्यक्रम पारित भएको छ।
बडिगाड गाउँपालिकाको आन्तरिक राजश्वबाट १ करोड ५० लाख, नेपाल सरकारको राजश्व बाँडफाँडबाट १० करोड ७७ लाख ७७ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ८८ लाख ४० हजार, चालु वर्षको नगद मौज्दातबाट २ करोड ९५ लाख, अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत संघिय सरकारको वित्तिय सम्मानीकरण अनुदानबाट १० करोड ९५ लाख, प्रदेश तर्फको वित्तिय सम्मानीकरण अनुदान १ करोड ४४ लाख ४७ हजार, संघिय सरकारको ससर्त अनुदान ३५ करोड ४४ लाख, संघिय सरकारको विशेष अनुदान ९० लाख, प्रदेश सरकारको ससर्त अनुदान ६० लाख, संघिय सरकारको समपुरक अनुदान १ करोड ८५ लाख, प्रदेश सरकारको समपुरक अनुदान ५० लाख गरि कुल ६७ करोड १९ लाख ६४ हजार आय प्रस्ताव गरिएको छ।
त्यस्तै खर्च तर्फ निसर्त चालु खर्चको रुपमा १३ करोड ४५ लाख ३८ हजार, ससर्त चालु खर्च तर्फ ३४ करोड ४५ लाख गरि कुल ४७ करोड ९० लाख ३८ हजार तथा पुँजिगत तर्फ ससर्त पुँजिगत खर्च १५ करोड ५ लाख २६ हजार तथा ससर्त पुँजिगत खर्च ४ करोड २४ लाख गरि जम्मा १९ करोड २९ लाख २६ हजार खर्च प्रस्ताव गरिएको छ।
पूर्वाधार तथा भौतिक निर्माणमा बढि जोड दिएको बजेटमा यातायात पूर्वाधारको क्षेत्रमा ५ करोड ९३ लाख ४८ हजार, भवन आवा तथा सहरी विकास क्षेत्रमा ७ करोड ४६ लाख र उर्जा क्षेत्रमा ५ लाख गरि पूर्वाधार विकास तर्फ १३ करोड ४४ लाख ४८ हजार रकम विनियोजन गरिएको छ। सो रकमबाट साविकका वडा सम्म सडक सञ्जाल नपुगेको ठाउँमा सडक पुर्याउने, वडाको केन्द्र जोड्ने सडकको स्तर उन्नती गर्ने लगाएतका काम गर्ने उल्लेख गरिएको छ।
आर्थिक विकास तर्फ २ करोड ९९ लाख ४० हजार रकम विनियोजन गरिएको छ। जस अन्तरगत कृषि क्षेत्रमा १ करोड ९७ लाख, उद्योग क्षेत्रमा १८ लाख, जलस्रोत तथा सिँचाइमा ३९ लाख, पशुपन्छी विकास क्षेत्रमा ४१ लाख ८८ हजार र सहकारी क्षेत्रमा ३ लाख रकम विनियोजन भएको छ।
त्यस्तै सामाजिक विकास तर्फ ३६ करोड ८२ लाख २२ हजार बजेट विनियोजन भएको छ। जसअन्तरगत शिक्षा क्षेत्रमा ३१ करोड ५ लाख, स्वास्थ्य क्षेत्रमा २ करोड ९० लाख, खानेपानी तथा सरसफाईमा ६७ लाख, भाषा तथा संस्कृति संरक्षणको क्षेत्रमा ३४ लाख ५० हजार, लैंगिक समानता तथा सामाजिक समावेशिकरणको क्षेत्रमा २२ लाख ४ हजार बजेटको छुट्याइएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend