साझा नेटवर्क
दर्शन सुनार, कतार असर ९ ।
नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा शैक्षिक बिकास कोषको प्रवद्धनका लागी तेस्रो डम्फू साझँ-२०२३ सप्पन्न गरेको छ शुक्रबार दोहाको रिजेन्सी सभाहलमा समाजका अध्यक्ष सुबास तामाङको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासघं कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यमा डम्फु साझँ सप्पन्न गरेको हो ।
बिधिगत रूपमा तामाङ समाज कतारका प्रमुख लामा गुरु गुर्व लामाले पुजा गरेर कार्यक्रमको सुभारम्भ सङ्गै दिप प्रचलन गरेर सुरुवात गरिएको कार्यक्रमको स्वागत मन्तव्य समाजकी महिला उपाध्यक्ष अस्मिता घिसिङ ले राखेकी थिईन भने शैक्षिक बिकास कोषका संयोजक नर घिसिङ तामाङले कोषको प्रवद्धन तथा योजनाको बारेमा प्रष्ट पारेका थिए भने डम्फूको बारेमा सस्कांर बिभागका प्रमुख सबिन तामाङले बताएका थिए ।

तामाङ समाज कतारले स्थापना गरेको शैक्षिक बिकास कोषको प्रवद्धन तथा तामाङहरुको मौलिक बाजा डम्फुलाई विश्व सामु चिनाउन संरक्षण गर्न र डम्फुको इतिहास र महत्वबारे बर्तमान पुस्तालाई बुझाउन भावी पुस्तालाई हस्तान्तरण गर्ने हेतुले डम्फु साँझ कार्यक्रमको आयोजना गरिएको थियो ।

समाजका महासचिव आशिष् मोक्तान तामाङले सहजीकरण गरेको कार्यक्रमको सम्बोधन गर्दै एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तता मुसलमानले शुभकामना मन्तव्य राखेका थिए भने प्रमुख अतिथि डिएन मगरले बिश्वका जुनसुकै देशमा रहेर पनि तामाङ जातीले आफ्नो धर्म, परम्परा, भाषा संस्कारलाई जिवित राख्न आवहन गर्दै आफना भनाईहरु राखेका थिए । कार्यक्रमलाई समापन गर्दै सभापति तामाङ्ले तेस्रो डम्फु साँझ कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद दिएका थिए ।

पहिलो चरणको साँस्कृतिक कार्यक्रममा कतारमा रहेका सरोज लामा तामाङ, सरोज मोक्तान तामाङ, रबिन पाख्रिन तामाङ, अमर मगर, बिर मोक्तान, सञ्जु बल, आरोषी लोप्चन, रस्मिला तामाङ, अस्मिता मगर,सोनीका थोकर, माया थोकर तामाङ, अजय सिङदन तामाङ, तुल सिहं तामाङ, सुर्य तामाङ, रबिन तामाङ, सल्मा तामाङ, शर्मिला तामाङ, माया घिसिङ तामाङ, शुशिला तामाङ, दिनेश तामाङ, कुमार ओख्रली (सुकमान), सरला तामाङ, सिर्चेङ तामाङ, अमृत तामाङ, विश्व तामाङ, सुर्य तामाङ, सृष्टि लामा सरिता वान्तवा, यन्सु तामाङ, एलिना तामाङ, बिशाल तामाङ, सरोज तामाङ, प्रयाग चौधरी, सुजन चहर लगायतका कलाकारले म्हेन्दोमाया तथा लोक मौलिक बाजा, सेलो गीतहरुमा गायन तथा नृत्य पेश गरेका थिए ।

नेपालबाट आमन्त्रित कलाकार सेलो गायक बैरागी मोक्तानले आयोजक लाई मायाको चिनो कोसेली स्वरुप डम्फु प्रदान गर्दै आफना सांगीतिक प्रस्तुती पस्कन सुरु गरेका थिए करिब आधा दर्जन सेलो,म्हेन्दोमाया गितहरुमा दर्शकलाई नचाएका थिए मोक्तान लगत्तै स्टेज चढेकी गायिका सबिना तामाङले आफ्नो गित म्हेन्दोमाया भाका प्रस्तुति दिदै भरपुर्ण नचाईन ।
दर्शक प्रखाईको प्यास मेटन युवा पुस्ताका चर्चित हिट युवा गायक तथा संगितकार उर्गेन दोङले हाम्रो माया गित गाउदै स्टेच चढेका गायकले आधा दर्जन भन्दा बढी गित पस्केका थिए हलमा दर्शक र फ्यानहरु उनका प्रस्तुतिमा रमाउदा पसिनाले निथुर्क्क भिजेका थिए दोङ्ले प्रस्तुती दिईरहदा दर्शक स्टेज बाहिर मस्त नाचिरहेका थिए सांस्कृतिक कार्यक्रमको सहजीकरण सचिब पाख्रीन तामाङ र मणि लामाले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend