साझा नेटवर्क
दर्शन सुनार, कतार असार ७ ।
कास्की आदर्श समाज कतारको आयोजनामा तथा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद विभागको सहकार्यमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो पर्व बक्र ईदको अवसरमा आयोजित अन्तर नेपाली समुदायको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उक्त खुल्ला भलिबल प्रतियोगितामा भाग लिन नेपालबाट ३ जना राष्ट्रिय खेलाडी इम राना, बिशाल विक र मनोज खड्का कतार आउने भएको कुरा समाजका उपाध्यक्ष तथा खेलकुद संयोजक अमृत बिस्वकर्माले जानकारी दिए ।
कतारमा पनि भलिबल खेल निकै लोकप्रिय रहेको बताउदै खुल्ला भलिबल प्रतियोगितामा खेलाडी जुनसुकै टिम बाट पनि सहभागी भएर खेल खेल्न पाईने बताए प्रतियोगिता सनैयाको स्टेट न ५४को लेफट साईडमा हुने उक्त मैदानमा करिब १० जना अफिसियल टिम राष्ट्रिय रेफ्री समेत रहेको कुरा पनि जानकारी दिए खेलमा सहभागी हुन चाहाने टिमले २५ तारिक भित्र टिम दर्ता गराईसक्नु पर्नेछ।
टिम दर्ता (५०५ रियाल) रहेको बताउदै प्रतियोगितामा प्रथम पुरुस्कार (५,हजार रियाल) दोस्रो पुरुस्कार (२५०० रियाल) तेस्रो पुरुस्कार (१००० रियाल) र चौथो पुरुस्कार (५०० रियाल) र मेडल र प्रमाणपत्र र बिधागत पुरस्कारहरुमा सर्बोत्कृस्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट बलर, उत्कृष्ट सटर र उत्कृष्ट डिफेन्स लाई पनि पुरस्कारको ब्यबस्था गरिएको र खेल मैदानमा खेलाडीहरुलाई पासको ब्यबस्था गरिएको र खेलाडीहरुलाई कुनै समस्या परेमा हेल्प डेस्कको पनि उचित ब्यबस्था रहेको खेल संयोजकले बताए ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार खेलको कुल लागत करिब (३२ हजार रियाल) ११ लाख बजेट अनुमान रहेको छ ।
सम्मेलनका प्रमुख अतिथि एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तता मुसलमानले आफ्नो शुभकामना मन्तव्य बोल्दै नेपाली समुदायले गर्ने हरेक कार्यमा (एन आर एन ए) सदैब समन्वय गर्न तयार रहेको र नेपाली समुदायलाई स्वयम् आफू पनि सहयोग र समर्थन गर्न तप्पर भएको बताए ।
समाजका महासचिव बिष्णु तिमल्सिनाले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष अग्नीधर देवकोटाले पत्रकार सम्मेलन गर्नुको मेन उद्देश्य फरक र पृथक सन्देशमुलकको लागी बताउदै उपस्थित सम्पुर्णलाई मिडिया पाटनर तथा पत्रकारहरुलाई विशेष धन्यवाद प्रकट गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend