logo
  • शनिबार, साउन ३० २०८३

युवा नेतृत्वसँगै भार्सेमा भएको परिवर्तन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

-ऋषि विश्वकर्मा, गुल्मी ।
प्राकृतिक सुन्दर्ताले भरिएको सुन्दर शान्त गाउँ भार्से, चिसो हावापानी लोकल अर्गानिक खान-पान । मगर कला संस्कृती यो गर्मिको मौसम एकपटक पुग्नै पर्नेठाउँ गुल्मी जिल्लाको सत्यवती गाउँपालिका ८ भार्से । सुन्दर भार्सेलाई अझै सुन्दर बनाउ स्थानिय जनप्रतीनिधी सत्यवती गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष समाजसेवी बुद्दिजिवीहरुको यो उत्साह जनक कार्य देख्दा आज भोली साचिकै भार्से गाउँ सुन्दर बन्दै गएको छ ।
२०७९ मा नेकपा एमालेका उम्मेदवार होम बहादुर रानाको जित संगै भार्सेमा झन्डै ३ दशक लामो राजनीतिक परिवर्तन संगै युवा नेतृत्वको आगमन भएको थियो । भार्सेका स्थानिय वासिले एक कुसल असल युवा जनप्रतीनिधी पाएका छन । भार्सेको बिकास निर्मान संगै भार्सेको परिवर्तन देख्दा साचिकै आहा भार्से भएको छ ।

हालै भार्से धागलटोल स्थित नया भार्से वडा कार्यालय निर्माण कार्य सुरु भएको छ । सत्यवती गाउँपालिका वडा नं – ८, भार्सेको नया प्रशासनिक भवन (वडा कार्यालय) निर्माणका लागि २०७९/८० को संघीय समपुरक बजेटबाट रु ९९,९८,६७८७४ बिनियोजन भै टेण्डर प्रक्रियामा जादा दान कन्सट्रकसन फर्मलाई निर्माण कार्य टेन्डर प्राप्त भएकोले ८ महिनाको समयावधि भित्र निर्माण कार्य सम्पन्न गर्नेगरी २०८० जेठ १६ गतेबाट भवन निर्माण कार्यको थालनी गरिएको छ ।

टोल नं १ देखी ९ सम्मका स्थानिय बासिको प्रतिकृया सुन्दा अहिलेको भार्सेको जनप्रतीनिधिले धेरै राम्रो काम गरेको भटाएका छन । यदी भ्रष्टाचार नगरे आफ्नो गाउँ बनाउ भन्ने सोच राखेर काम गर्ने हो भने गाउँमा धेरै राम्रा काम गर्न सकिदो रहेछ भन्ने उदहरण बनेका छन भार्सेका वडा अध्यक्ष होम ।

भार्से देउराली डाडामा नव निर्मित बुद्ध स्तुपा जानेबाटो एकदमै कस्तकर थियो । अहिले वडा अध्यक्षको बिशेष पहलमा भार्से देउराली बाटोलाई स्तरोन्नति गरिएको छ । भार्से डोरो खोलामा ह्युम पाइप प्रायोग गरी कलभर्ट निर्माण गरिएको छ । टोल नं १ अनि २ मा पुल बाटो सिचाइ देखी अन्य धेरै कामहरु भएका देख्न सकिन्छ । टोल नं १ देखी ९ सम्म प्रतेक वाडमा ट्रस निर्माण गरिएको छ ।

लायन्स क्लब अफ गुल्मी प्रमुख प्रस्तावक तथा लायन्स क्लब अफ गुल्मी तम्घास र लायन्स क्लब अफ गुल्मी रेसुङ्गा सह प्रस्तावक रहेको तथा लायन्स क्लबस् ईन्टरनेशनल डिष्ट्रिक्ट 325 M नेपालद्वारा अन्तराष्ट्रिय गुठी (LCIF)मा माग गरिए बमोजिम भार्से जनसहयोग माध्यमिक विद्यालयलाई भवन निर्माणको लागि (US$ 94,948/-) यू.एस. डलर ९४,९४८/= (नेपाली रु.१,२४,००,०००/- एक करोड र चौविस लाख)को परियोजना स्वीकृत भएको छ ।

यो कामले पनि निरन्तता पाओस, १ वर्षभित्र यतिका कामहरु देख्दा र स्थानिय बासिको सकारात्मक सल्लाह सुझाब सुन्दा अब आउने दिनहरुमा अझै राम्रा कामहरु बन्नेछन भन्नेमा भार्सेका स्थानिय वासीहरुले विस्वास लिएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend