साझा नेटवर्क
साझा नेटवर्क,गुल्मी असार ५ ।
मदाने गाउँपालिका १ अग्लुङ्गले वडा भित्र रहेका आधारभुत तहका बिद्यालयहरुलाई कम्प्युटर,प्रिन्टर लगायतका सामाग्री वितरण गरेको छ । बिधालयलाई प्रबिधि सँग जाेडने प्रयास स्वरुप दैनिक प्रशासनिक कार्यमा सहजताको निम्ति कम्प्युटर प्रिन्टर लगायत आबश्यक सामाग्री बितरण गरिएको हो ।
आर्थिक बर्ष ७९/८० काे लागि अग्लुङ्ग वडा समितिबाट बिनियाेजित रकम बाट कम्प्युटर लगायतका सामग्री उपलब्ध गराईएकाे वडा अध्यक्ष सुशिल चन्दले जानकारी दिनु भयो । यस अघि अग्लुङ्गमा रहेका दुईवटा माध्यमिक तहका बिधालयहरुमा I CT ल्याव स्थापना गरिसकिएको छ ।
रघुफेदि प्रतिमाननिमा माध्यमिक बिधालयमा चालू आर्थिक बर्षमा बिज्ञान प्रयाेगशाला समेत स्थापना भै संचालनमा रहेको छ । अब यो संगै अग्लुङ्ग सबै बिधालयहरुमा प्रिन्ट गरेका कागजातहरु उपलब्ध हुनेभएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend