logo
  • शुक्रबार, असोज ९ २०८३

पाल्पामा एकैदिन पौडी खेल्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

पाल्पा, असार ५ । पाल्पामा एकैदिन पौडी खेल्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ। रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ रजाडका २२ वर्षीय सञ्जय चौधरी र भारतको गोरखपुरस्थित फत्तेपुरका ३४ वर्षीय विपिन धुसियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीमा रहेको जलुके झरनामा डुबेर चौधरीको मृत्यु भएको हो। गर्मी छल्न साथीहरूसँग आएका उनी पौडी खेल्ने क्रममा डुबेका थिए। बेलुकीपख डुबेर गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। बेलुकी पौने ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको थापाले बताए। यस्तै धुसिया तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजिकै तिनाउ खोलामा डुबेका हुन्। साथीसँग आएका उनी पौडी खेल्ने क्रममा बेलुकी साढे ५ बजे डुबेका थिए । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। प्रहरी नायब उपरीक्षक थापाका अनुसार साँझ सवा ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend