साझा नेटवर्क
साझा नेटवर्क,गुल्मी असार ५ ।
डिभिजन बन कार्यलय तम्घास गुल्मीको सहयोगमा विभिन्न कारणले अहिलेसम्म साेलार बिधुतबाट बन्चित भएका अग्लुङ्गका ८ घरधुरिलाई साेलार बितरण गरिएको छ ।
वडा अध्यक्ष सुशील चन्दको पहलमा उक्त साेलार सेट उपलब्ध गराईएको हो । आफुले गरेको अनुरोधलाई स्वीकार गरि सोलार उपलब्ध गराएको भन्दै वडा अध्यक्ष चन्दले डिभिजन बन कार्यलयका प्रमुख ,डिभिजन बन कार्यलयमा कार्यरत कमल रेग्मीलाई धेरै धेरै धन्यवाद ज्ञापन समेत गरेका छन् ।
कार्यलयसँग समन्वय गरि बाकी घरहरुमा समेत साेलार जडानकाे यात्रा निरन्तर अगाडि बढाउने अध्यक्ष चन्दले जानकारी दिएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend