साझा नेटवर्क
दर्शन सुनार, कतार असार १।
कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली रक्तदाता संघ र कतारमा स्थापित विभिन्न सामजिक संघ संस्थाहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा कतारका राजदुत महामहिम डा. नरेश बिक्रम ढकालले पहिलो पटक रक्तदान गरेका छन ।
२२३ जनाको उपस्थिति रहेको कार्यक्रममा १२७ जनाले रक्तदानको लागि रजिष्ट्रेसन गरेका थिए । जस मध्य ८४ जनाले रक्तदान गर्न सफल भएको संघका अध्यक्ष रामजी खत्रीले साझा नेटवर्कलाई जानकारी दिए । कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक तथा वैचारिक सस्थाहरु, जिल्ला संस्थाहरु विभिन्न जातिय संस्थाहरु वुद्धिजिवी, समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्तिथि रहेको थियो । संघले कार्यक्रममा उपस्थित भएर रक्तदान गर्नुभएका सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सम्मानपत्र समेत प्रदान गरेको थियो । रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सभ्य र भव्य बनाइदिनु हुने सम्पुर्णलाई संघका अध्यक्ष रामजी खत्रीले धन्यवाद तथा आभार प्रकट गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend