साझा नेटवर्क
काठमाडौँ, असार १ ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ । शून्य समयमा सांसद्हरुले शिक्षक र स्वास्थ्य कर्मीमाथि हुने दुर्व्यवहारको अन्त्य गर्नुपर्ने, नागरिकता विहीन नागरिकलाई नागरिकता दिनुपर्ने, महिला माथि हुने हिंसाको अन्त्य गर्नुपर्ने राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो संस्कृति, रीतिरिवाज अनुसार लगाइएका शृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गरिएको छ, र सहकारीबाट पीडित नागरिकको मागलाई सम्बोधन गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद्हरुले बर्षायाममा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न तत्काल जोखिमयुक्त क्षेत्रमा तटबन्ध लगाउनु पर्ने, धर्नामा रहेका विद्यालयका कर्मचारीको माग सम्बोधन गर्नुपर्ने, विभिन्न आयोजनामा भएका अनियमितताको छानबिन हुनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विभिन्न शीर्षकहरूमाथिको छलफल जारी छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि छुटाइएको बजेटका विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend