साझा नेटवर्क
साझा नेटवर्क, बुटवल जेष्ठ ३०।
नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भैरवामा आज मंगलबार देखि नियमित उडान सुरु गरेको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया भैरहवा काठमाडौं व्यवसायिक उडान सुरु गरेको हो ।
मलेसियाको क्वालालम्पुर विमानस्थलबाट नेपाल एयरलाइन्सको RA-422 जहाज आज बिहान ७ :३० बजे भैरवा अवतरणको तालिका रहेपनि बिहान ९ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण गरेको हो । विमानबाट ३१ जना यात्रु भैरहवा अवतरण भएका छन् ।
व्यवसायिक उडानले त्यस क्षेत्रमा व्यवसायहरु हर्षित भएका छन्। भैरवाबाट त्रिभुवन अन्तराष्ट्रीय बिमान स्थल अवतरण गर्ने तालिका रहेको छ। नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend