logo
  • शुक्रबार, असोज ९ २०८३

जातीय भेदभाव तथा उल्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल  जेष्ठ ३०।
रेडियो जागरणको आयोजनामा १८ औँ जातीय भेदभाव तथा उल्मूलन राष्ट्रिय दिवसको अवसरमा जातीय भेदभाव छुवाछुत बिरुद्वको कानुन कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
तिलोतामा नगरपालिका उपप्रमुख जगेश्वर देवी चौधरी प्रमुख आतिथ्यतामा तिलोतामा नगरपालिका अन्तर्गतका वडा अध्यक्ष एवम् जनप्रतिनिधि तथा सामाजिक संघ संस्थाहरुको उल्लेखनीय उपस्थित रहेको थियो।
कार्यक्रमा बक्ताहरुले सबै यो संसारमा जात भनेको एक महिला र पुरुष  रहेको बताउदै  इतिहास हेर्दा कुनै उल्लेख नभएको  तर मानिसहरु जातीय भेदभावका कारण बिभिन्न समय घटनाहरु पनि घटेको पाइन्छ। इतिहासलाई हेर्नेहो भने जातीय बर्गिकरण कामको आधारमा गरिएको भन्ने गरेको पाइन्छ। ४६ सालको आन्दोलन पछि जातिय विरुद्व आवाज राज्यले छुवाछुतको विरुद्व कानुन बनाएपनि केहि हदसम्म पुरा भएको बताउदै परिबर्तन हामि आफैबाट सुरु गर्नुपर्ने हाम्रो पछाडी रहेका दाजुभाई दिदीबहिनीहरुलाई सचेत बनाउन पहल गर्नु पर्ने बताए।
केहि जिल्लामा जातीय भेदभावका कारण  बेलाबखत घटना घटने गरेको हुदाँ यस्ता  घटना  घटन नदिन कानुनको धोका सम्म पुग्नु पर्ने आफ्नो बुलन्द गर्नु उठान गर्नु पर्ने बताउदै परिवर्तन हामि आफैबाट सुरु गर्नु पर्ने हरेक जातजातिमा जातीय भेदभाद रहेको बताए। नगरपालिका उपप्रमुख जगेश्वर देवी चौधरीले  कानुनले यो समुदायलाई  अन्त्य गरेको बताउदै।
हामि सबै आफ्नो ठाउँबाट  कार्यान्वय गर्ने  कुरामा हामीले  जोडदिनुपर्न  कानुनमा मात्र लेखेर  हुदैन जवसम्म व्यवहार मा लागुहुदैन कानुनमा मात्र लेखेर मात्रै त्यसको हौचित न रहने  बिगतका दिन भन्दा धेरै परिबर्तन भएको  त्यो परिवर्तन गर्न हामि सबैको  यो समुदायका साथिहरुपनि कार्यान्वयन गर्नको लागि आफ्नो ठाउँ बाट लाग्नु पर्ने  हाम्रा अग्रजहरुले भोगेको  यादहरुको स्मरण गराउदै  अहिले धेरै परिवर्तन भएको  बताइन।

यसलाई उपलब्धि  मान्नु पर्ने दलित हेपिएर बस्नु पर्ने  हामीले केहि पाहेका छैनौ  हान्ने कुरा बिरोध गर्ने अलि उचित हुन्न्की भन्ने महसुस गरिन  हाम्रो तिलोतमा नगरपालिकामा ८ जनाको कार्यपालिका रहेको छ उक्त कार्यपालिकामा ५० प्रतिशत यस समुदायका कार्यपालिका सदस्य रहेको  यो एउटा उपलब्धि रहेको बताइन  कार्यपालिकाको पाँचवटा बिषयगत समितिमा २ जना दलित समुदायको रहेको बताइन ।

संस्थागत कार्यपत्र राम बहादुर बिस्वकर्माले पस्तुत गरेका थिए । भने कार्यक्रमको सहजीकरण  अम्बिका परियारले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend