साझा नेटवर्क
साझा नेटवर्क, दाङ जेठ २९ ।
दाङको कोइलाबासमा पानी अभाव भएपछि गढवा गाउँपालिकाको दमकलमा पानी भरेर वितरण सुरु गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कोइलाबासमा पानी अभाव पाएपछि गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,गढवा ५ का वडाध्यक्ष लेखबहादुर थापा, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र पालिका कर्मचारीको टोलीले पानी वितरण गरेको हो ।
कोइलाबासमा रहेका सरकारी, गैरसरकारी संघ–संस्था तथा स्थानीयको घर घरमा पुगेर पानी वितरण गरिएको र यो प्रक्रिया पानीको व्यवस्थापन नहुँदासम्म चालिरहने गाउँपालिकाका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । लामो समयसम्म पानी नपरेपछि खडेरीका कारण सर्वसाधारण गर्मीका कारण हैरान भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend