logo
  • शुक्रबार, असोज ९ २०८३

विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, जेठ २९  ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन गर्ने भएको छ । राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी साउन १ देखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गरिने जानकारी दिनुभयो ।

त्यसका लागि विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने आयोगको तयारी छ ।

त्यसपछि सम्बन्धित देशको कुटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठाछाप संकलन गर्ने आयोगले जनाएको छ । प्रमुख आयुक्त थपलियाका अनुसार पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend