logo
  • शुक्रबार, असोज ९ २०८३

प्युठान दुर्घटनामा ज्यान गुमाउनेकाे पहिचान खुल्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्युठान, जेठ २९ ।
स्वर्गद्वारी दर्शन गरी फर्कदै गाडी दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुकाे पहिचान खुलेको हाे ।

दुर्घटनामा परि दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो ।

यस्तै गाडी चालक दाङको लमहीका ताराबहादुर कुमालको पनि दुर्घटना ज्यान गएकाे हाे । प्युठानको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको स्कारपियो सडकवाट ५० मिटर तल झरेको हाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend