साझा नेटवर्क
प्युठान,२९ जेठ ।
प्युठानमा स्कारपियो गाडी दुर्घटना हुदा ८ जना घाइते भएका छन । स्वर्गद्धारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
अहिले सम्मको जानकारी अनुसार दुर्घटनामा परि दुई महिला, दुई पुरुष र चार बालबालिका घाइते भएको र घाइतेको पहिचान खुल्न बाकी रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोलीले उद्धारको काम गरिरहेको र अन्य प्रहरी पनि घटना स्थल तर्फ जादै गरेको बताइएको छ । साथै घटनाको थप विवरण आउन बाकी रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend