साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं जेठ २९।
लोकप्रिय गायक रामचन्द्र चन्दको ‘मौरी जस्तै’ बोलको गित बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक चन्द र गायिका टीका प्रसाइको स्वर रहेको छ । गीतमा एक अर्कालाई प्रेम गर्ने प्रेमि जोडीको प्रेम कथालाई मूख्य विषयवस्तु बनाइएको छ ।
विक्रमबाबू बिश्वकर्माको शब्द तथा नन्दु परियारको संगीत रहेको गीतमा कृष्ण बिकले एरेन्ज गरेका छन् । तीन दिन अगाडि मात्र सार्वजनिक भएको गीतलाई सामाजिक संजालमा दर्शक श्रोताहरुले अत्यधिक रुचाईरहेका छन् ।
गीतको भिडियोमा अर्जुन सापकोटा,काव्य खड्का र गौरव हमालको अभिनय रहेको छ भने प्रविण थापाको निर्देशन रहेको छ । गीत गायक रामचन्द्र चन्दको अफिसियल युट्युव मार्फत सार्वजनिक गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend