logo
  • शुक्रबार, असोज ९ २०८३

स्तरीकृत प्रश्नपत्र कार्यान्वयनमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, जेठ २८।
राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षाको थालनी गरेको छ । पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा यसको प्रयोग गरिएको हो ।राष्ट्रिय परीक्षा बोर्ड  शनिबारदेखि आयोजना गरेको अभिमुखीकरणमा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले विद्यार्थीको स्तरअनुसारका प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरिएको जानकारी दिए ।“पहिलो पटक भएकाले अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयका प्रश्नपत्र स्तरीकृत रुपमा निर्माण गरियो” उनले भने, “अब अनिवार्य अन्य विषयका प्रश्नपत्र पनि यसै मोडेलबाट तयार गरिनेछ ।”

देशका विभिन्न विषयगत शिक्षकले तयार गरेको प्रश्नपत्रको बैङ्क तयार गरिएको छ । ती विषयका प्रश्नपत्र प्रदेशस्तरमा फरक फरक भए पनि तिनको स्तर समान बनाइएका थिए । उनका अनुसार एकदमै सजिलो र निकै कठिन प्रश्नको सट्टा बीचको स्तरका प्रश्नपत्र तयार गरिएको थियो ।“अहिलेसम्म पाठ्यपुस्तक, गाइड, गेसपेपर बनाएर बेच्ने र त्यसैबाट प्रश्न आउने भन्ने प्रवृत्ति विकास भएको छ” उनले थपे, “अब पाठ्यपुस्तकबाट प्रश्न सोधिने होइन, पाठ्यक्रमलाई प्रयोग गरेर प्रश्न बनाउने हो । पाठ्यपुस्तकलाई प्रयोग गरेर प्रश्नपत्र बनाउने अभ्यास अब रहँदैन ।”

बोर्डका अध्यक्ष डा। शर्माले विद्यार्थीको सिकाइ सुधार्न स्तरीकृत प्रश्नपत्रको सिद्धान्त अवलम्बन गर्नुपर्छ भन्दै यसलाई निरन्तरता दिइने बताए । “यस पटकको एसईईको नतिजा पनि हेरौँ । तर नतिजा जस्तो आए पनि स्तरीकृत प्रश्नपत्र निर्माण कार्य रोकिने छैन । यो सुरुवात हो । यस पटकको नतिजालाई विश्लेषण गरेर यसको सफलता र सुधारका पक्ष थाहा हुनेछ” उनले भने ।

उनका अनुसार कक्षा ८, १० र १२ मा यो विधि अवलम्बन गरिनेछ । सङ्घ, प्रदेश र स्थानीय तहबाट नै प्रश्न बैङ्क निर्माण गरिनेछ । यसका लागि शिक्षकलाई तालिम दिनुपर्ने हुन्छ । हाल एउटै विद्यार्थीको उत्तरपुस्तिका १० जना शिक्षकले परीक्षण गर्दा प्राप्ताङ्कको अन्तर निकै फरक देखिने गरेको छ । यो अन्तरलाई पनि स्तरीकृत प्रश्नपत्रले निकै कम गर्ने उनको भनाइ छ । हाल एउटै विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्दा २० अङ्कभन्दा पनि बढी अन्तर फेला पर्ने गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० विष्णुनारायण श्रेष्ठले साविकको एसएलसी तथा एसईईका प्रमाणपत्र सच्याउन आउनेहरुको भिड उत्तिनै रहने गरेको बताए । उनका अनुसार सबैभन्दा बढी दलित थर सच्याउन चाहनेहरु पनिकामा पुग्ने गरेका छन् ।

“एक जनाले पहिले थापा लेखाएका रहेछन् । उनलाई अमेरिका बसोबासको चिठ्ठा (डीभी) पर्यो । उनी आफ्नो प्रमाणपत्रमा विश्वकर्मा भनी सच्याइदिनुपर्यो भनेर आए । त्यो त सम्भव भएन” उनले भने, “यस्ता समस्या लिएर म कहाँ दैनिक आठदेखि १० जनासम्म आइपुग्छन् ।”

पनिकाले गत साउन १ देखि वैशाख मसान्तसम्ममा एक हजार ८५७ वटा पुराना प्रमाणपत्रको त्रुटि संशोधन गरिएको, छ हजार ५०५ जनाको जन्म मिति, नामथर संशोधन तथा नतिजा छुटेको, ५३४ जनाको एकीकृत प्रमाणपत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend