logo
  • शनिबार, साउन ३० २०८३

तराईमा गर्मी दिनानुदिन बढ्दो; ज्याला मजदुरी गर्नेलाई कष्टकर


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल जेष्ठ २८।
तराईमा दिनानुदिन गर्मी अत्यधिक बढीरहेकोले गत एक हप्ता देखि बिद्यालयले पठनपाठनको कार्यहरू बन्द गरिएको छ । गर्मीमा काम गर्नुपर्दा कठिन हुने मजदुर बताउँछन् । आफ्नो दैनिकी गुजारा गर्न पेट पाल्न काम त गर्नपर्‍यो। न त उनिलाई घाम न पानी रोक्न सक्छ, काम गर्न बाध्य छन ।

उनिहरुका पछाडि विभिन्न बाध्यता छन ।  कामै गर्न नसकिने गरी गर्मी बढ्दा त्यसले बिहानबेलुका चुलो चौको बाल्न कठिन भएको बताउछन् दैनिक ज्याला मजदुरी गर्नेहरु । तराईको धेरैजसो ठाउँमा अहिले तापक्रम अधिकतम ४१ डिग्री सेल्सियस नाघेको मौसम बिभागले जनाएको छ।

बिगत केही दिन यता अधिकतम तापक्रम देशका विभिन्न क्षेत्रहरू गत बर्षको तुलनामा यस वर्ष अत्यधिक रुपमा बढदो देखिन्छ । पछिल्लो समय नेपालगन्ज ,भैरहवा र विराटनगरमा अधिकतम तापक्रम बढेर ४१ डिग्री पुगेको थियो ।

शुक्रवारको तुलनामा बुटवल भैरहवा, लगायतका ठाउँमा भने तापक्रम अझै बढेको छ शनिवार तराईका केही क्षेत्रमा अधिकतम तापक्रम बढदो देखिन्छ । चर्को घाम सँगै बेलाबखत लाइन जाने समस्यले मानिसलाई बाहिर निस्कन कठिन भएको छ , घाम अनि तातो हावाले बिरामी पर्दा अस्पतालहरुमा भिड बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend