logo
  • शनिबार, असोज १० २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्यो 


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाण्डौ‌ं, २८ जेठ ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको एक टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो । प्रहरीको फायरिङमा एक लागूऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ ।

घाइतेलाई उपचारका लागि अस्पताल लगिसकिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको एसपी जोशीले जनाए । ती कारोबारीको साथबाट १०० ग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद भएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend