साझा नेटवर्क
रमेश गिरि,प्युठान जेठ २८ ।
प्युठान नगरपालिकाकाे आयाेजनामा प्युठान नगरपालिका वडा न ९ मरन्ठाना मजुवाकाे स्वस्थ्य चाैकिमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएको छ ।
स्वास्थ्य शिविरमा प्युठान नगरपालिका वडा न.९ र १० का गरि १९० जना महिला र ३६ जना पुरूषले स्वास्थ्य परिक्षण गरेका थिए । जसमध्ये ८१ जना महिलाले पाठेघरकाे मुखकाे क्यान्सरको परिक्षण गरीएका थिए । स्वास्थ्य परिक्षण गरेका सबै सेवाग्राहीहरूकाे स्वास्थ्य अवस्था कमजोर नभएता पनि सेवाग्राहीलाई पाठेघरकाे मुखमा क्यान्सर हुनाकाे कारण र समस्या समाधानका उपायबारेमा ज्ञानमा कमी देखिएकाे प्युठान नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि दधिराम सुवेदिले जानकारी गराउनु भयाे ।
स्वास्थ्य शिविर उदघाटन गर्दै प्युठान नगरपालिकाका नगरप्रमुख विस्नु बहादुर याेगिले नि: स्वास्थ्य शिविरकाे महत्त्व र नगरपालिकाले नगरवासीहरूलाई प्रदान गर्दै अाएका सेवा तथा सुविधाहरूकाे बारेमा प्रकाश पार्नु भएकाे थियाे । उक्त नि:शुल्क स्वास्थ्य शिविर उदघाटन कार्यक्रममा प्युठान नगरपालिकाका प्रवक्ता एवम प्युठान नगरपालिका वडा ३ का वडा अध्यक्ष सुमन श्रेष्ठ , वडा न. ९ का वडा अध्यक्ष बिकास केसी ,वडा न. १० का वडा अध्यक्ष लाेक बहादुर केसी , लगायतका जनप्रतिनिधिका साथै बिशेषज्ञ डाक्टरका साथै नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरूकाे उपस्थिति थियाे |
उदघाटन समारोह कार्यक्रमकाे संचालन नगरप्रमुका स्वकीय सचिव पुष्कर शर्माले गर्नु भएकाे थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend