logo
  • शुक्रबार, असोज ९ २०८३

साँस्कृतिक महोत्सवमा दर्शकको खडेरी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल जेष्ठ २७।
बुटवल उपमहानगरपालिका १२ स्थित पिस पार्कको फुटवल ग्राउण्डमा सांस्कृतिक तथा व्यापारिक मेला २०८० सुरु भएको छ । पिसपार्क लगायत सो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने भन्दै सतगढी युवा क्लवको आयोजनामा १८ दिने मेला आयोजना गरीएको हो ।
जेठ २५ गतेदेखि असार १० गतेसम्म चल्ने मेलाको दोस्रो दिन चर्चित राष्ट्रिय लोक दोहोरी  गायिका टिका सानुको आगमन हुँदै गर्दापनि  दर्शक श्रोताको अनुपस्थितले कार्यक्रम रमणीय देखिएन ।
सितल दिने पिपलु छायालाई, को होला मलाई लुकेर हेर्ने ,रेलको भाडा, घासै काटौ खोली दोवाना , त्यसैगरी चर्चित गायक रवि कुमार रिमाल “साथी त्यो मेरो”लगाए गित संगीत प्रस्तुत गरेका पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल तेस्रो सम्लिङ बिनिता शाही लगाएका स्थानीय कलाकार बालकलाकारहरुको आफ्नो प्रस्तुति राखेका थिए रहने छ ।
पीस पार्क क्षेत्रको प्रचार–प्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको बताए । ढवाहामा दोस्रोपटक पिस पार्क सास्कृतिक व्यवसायी मेलाको आयोजना गरि त्यस क्षेत्रको विकासमा टेवा पुग्ने क्लबका अध्यक्ष दीपक पुनले साझा नेटवर्कलाई जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend