logo
  • शुक्रबार, असोज ९ २०८३

पुरानो रेकर्डले चरित्र हत्या गर्ने दुई फेसबुक आईडी माथि उजुरी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रन्जित चौरसिया, बारा जेठ २७ ।
शुभ आरम्भ राष्ट्रिय दैनिकले बिहिबार कलैयाको नगर उपप्रमुख रौशन प्रविनले मात्र अनुगमनको नाममा भत्ता पचाउदै भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा नगर उपप्रमुखको प्रमुख दायित्व भनेको न्यायिक समिति र दोस्रो दायित्व योजना अनुगमन रहेको उल्लेख गरीएको थियो। नगर उपप्रमुख प्रविनले पहिलो दायित्व न्यायिक समितिमा काम नगरी मात्र अनुगमन तिर ध्यान केन्द्रित गरेको समेत उल्लेख गरिएको थियो।

उक्त समाचार प्रति नगर उपप्रमुख रौशन प्रविनको श्रीमान एबम् नगर खेलकुद समितिको अध्यक्ष एम समिउल्लाहले पत्रकार राजु चौरसियालाई कल गरी बिभिन्न कुराहरु सुनाएका थिए। भने ९८४५९१३२३९ मोबाईल नम्बरबाट कल गरी घरि रिजवान र घरी डा. मो.सहिद रजाको नाम राख्दै समाचार किन लेख्न लगाएको साथै तिमिहरु माथि प्रेस काउन्सिल र प्रहरी कार्यालयमा उजुरी परेको बताउदै धेरै अनावश्यक कुरा गरेका छन्। साथै शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिकाको प्रकाशक अनिल पाण्डेयको चरित्र हत्या गर्ने उद्देश्यले नगर उपप्रमुखको छोरा डाक्टर महम्मद साहिद रजाले आफ्नो फेसबुक ग्रुपमा करीब दुई बर्ष पुरानो कल रेकर्ड राखेका छन् ।

रेकर्ड राख्दै डाक्टर रजाले शुभ आरम्भ राष्ट्रिय दैनिकको पत्रकार अनिल पाण्डेयले कलैयाको उपप्रमुखसंग जबर्जस्ती क्यामरा अगाडि ठड्याई बिना तयारीको इन्टरभ्यु गरी, इन्टरभ्युलाई जानी जानी बिगारेर, इन्टरभ्यु बिग्रिएको छ, पैसा दिनुस्, खर्चा मिलाउनुस् भनी कलैया उपप्रमुख लाई ब्ल्याकमेल गरेको खबर बाहिरिएको छ। उपप्रमुखले पैसा दिन नमाने पछि शुभ आरम्भ पत्रिकामा उपप्रमुख बारे तथ्यहिन समाचार सम्प्रेषण गरिएको ब्यवहोरा तिनि डाक्टरले उल्लेख गरेका छन्।

नगर उपप्रमुख परबिनको छोराले पुरानो रेकर्ड पोष्ट गरी यसरी पोष्ट गरेको देखेर Kalaiya Nagar भन्ने फेसबुक आईडीले शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिका पत्रकारले समाचार बिपक्षमा नलेख्न कलैयाको उपमेयरसँग लाखौं पैसा धम्की पुर्वक मागेको खुलासा भनि पुरानो आईडी kalaiya nagar बाट पोष्ट गरेको छ ।

जबकि यस पत्रिकाको प्रकाशक पाण्डेयको नगरप्रमुख प्रविन र उनको श्रीमानसँग उनको एक बर्षको कार्यकालमा हालसम्म कुनै किसिमको कुरा नै भएको छैन। यहाँसम्म कि नगर उपप्रमुख र उनको श्रीमानले पाण्डेयलाई सायद चिनेको पनि नहोलान्। अनि पैसाको कुरा कहाँबाट आयो।

अर्को कुरा करीब दुई बर्ष पुरानो रेकर्डको बिषयमा २०७८ साल माघ १३ गते नै जिल्ला अदालत बारामा मुद्दा दर्ता भई फैसाला भईसकेको अवस्था छ। उक्त रेकर्डलाई अहिले सार्वजनिक गर्नु चरित्र हत्या भएको भन्दै पाण्डेयले दुबै फेसबुक आईडी सहित नगर उपप्रमुखको छोरा डाक्टर महम्मद साहिद रजा र नगर उपप्रमुखको श्रीमान एवं समिउल्लाहमाथि जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका छन्।

स्मरण रहोस kalaiya nagar भन्ने फेसबुक आईडीले करिब १ बर्ष देखि विभिन्न पार्टी,जाती,समुदाय र प्रतिष्ठित व्यक्तिलाई जे पायो त्यही लेख्ने अनि लुक्ने गर्ने गरि व्यवहार देखाएको भन्दै kalaiya nagar फेसबुक आईडी र Voice of Bara का अध्यक्ष डा. रजा र तिनका बुवा एवं नगर उप प्रमुखको श्रीमन एम. समिउल्लाहको उजुरी दर्ता भएपछि डाक्टर रजा र एम समिउल्लाह र kalaiya nagar लाई आईतबार जिल्ला प्रहरी कार्यालय बारामा उपस्थित हुन म्यासेज र कल गरि बोलाईएको ब्यवहोरा बिश्वस्त श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend