साझा नेटवर्क
दर्शन सुनार, कतार जेठ २६ ।
जय माँ जानकी सेवा समाज कतारको प्रथम अधिवेशन सम्पन्न भएको छ । “दहेज मुक्त अभियान, नेपाल बेटाबेटी एक समान” भन्ने नाराका साथ सन २०२०मा स्थापना गरिएको समाजको प्रथम अधिवेशन सप्पन्न भएको हो । शुक्रबार सम्पन्न अधिवेशनबाट उमेश कुमार यादवको अध्यक्षतामा सर्वसम्मत नया कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा बिनोद पासवान,उपाध्यक्षमा राम सिकिल यादव, महासचिवमा घर्मेन्द्र प्रसाद गुप्ता, सचिबमा जय नारायण शाह, सह सचिबमा बिरेन्द्र कुमार यादव, कोषाध्यक्षमा लाल बाबु शाह सह-कोषाध्यक्षमा राम उदगार यादव रहेका छन । त्यस्तै कार्यसमिती सदस्यहरुमा लक्ष्मी सादा, सन्तोष यादव, प्रकाश पौडेल, राम नारायण शाह, देब नारायण शाह, लक्ष्मी शाह, राम जी राम, सुमित कुमार महरा, सरोज यादव, राम सफल यादव, अरुण कुमार ठाकुर र राम कुमार महतो रहेका छन ।

समाजका अध्यक्ष लाल बाबुशाहको सभापतित्व तथा मधेस प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज शेषको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मधेस प्रदेश समन्वय परिषद कतारमा आवद्ध जिल्ला सस्थांका प्रमुख एवं प्रतिनिधिको आतिथ्य सहित शुभकामना मन्तव्य रहेको थियो ।
आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी शेषले दहेज मुक्त मिथिला हमरा सजक अभियान अशिक्षितका शिक्षा दियो अज्ञानीको ज्ञान दिने र छोरालाई मात्र हैन छोरीलाई पनि पढाईमा अत्यन्तै जोड दिनै पर्ने बताउदै गाउ-गाउबाट टोल-टोलबाट यो अभियान सुरु गरेमा मात्र छोरी चेली दहेज बाट मुक्त हुन सक्ने विश्वास व्यक्त गरेका थिए ।
अधिबेशनमा भाग लिन नेपालबाट कतार आएका जनकपुरमा रहेको राधा कृष्ण मन्दिरको महन्त मोहन बाबालाई सम्मान पत्रद्वारा सम्मान गरीएको थियो । कार्यक्रममा दहेज मुक्त अभियानका सम्पुर्ण पदाधिकारीहरुलाई प्रसंशा पत्रद्वारा सम्मान गरिएको थियो ।
महासचिव धर्मेन्द्र गुप्ताको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण चन्द्रवीर यादवले गरेका थिए । सभापति शाहले समाजमा दहेजको कारणले गर्दा कैयौं छोरीचेलीले अकालमा ज्यान गुमेको प्रति चिन्ता ब्यक्त गरे । उनले सरकारले पनि दहेज अभियानको कुनैपनि गुनासो न सुनिदिएकोमा दुख व्यक्त गर्दै समाजमा चेलीबेटीको मान सम्मान हुनै पर्ने बताउदै कार्यक्रमको समापन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend