logo
  • शनिबार, भाद्र २० २०८३

प्रचण्ड र बाबुराम भट्टराई विरुद्धकाे रिट दर्ता गर्न सर्वाेच्चकाे आदेश


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,काठमाण्डाै जेठ २६ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई विरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । पूर्व बालसेनाहरूका तर्फबाट लेनिन विष्टलगायतको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले दरपिठ खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो । रिटमा सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको आरोप छ ।

यसअघि रजिस्ट्रार नारायणप्रसाद पन्थीले माओवादी सशस्त्र द्वन्द्वकालका घटना सङ्क्रमणकालीन न्याय संयन्त्रले सम्बोधन गर्न उपयुक्त हुने भन्दै जेठ १६ गते रिट दर्ता नहुने आदेश दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend