साझा नेटवर्क
प्रिन्स मिश्रा, कपिलवस्तु, २३ जेठ ।
शिवराज नगरपालिका वडा नं १० लालपुरले प्रोत्साहन अन्र्तगत छात्राहरुलाई साइकिल वितरण गरेको छ । उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि छात्रालाई साइकिल वितरण गरिएको हो ।
सोमबार एक समारोहका बीच ३४ जना छात्राहरु लाई साइकिल वितरण गर्दै वडा अध्यक्ष मंजु मिश्राले किशोरीहरुलाई बिद्यालय जान र शिक्षा हासिल गर्न प्रोत्साहन गरेको र शिक्षा हासिल गर्न बिद्यालय आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend