साझा नेटवर्क
गुल्मी, २१ जेठ ।
रेसुङ्गा नगरपालिका गुल्मीको अभियान ‘जाउँ हिड रेसुङ्गा’ सुरुवात गरेको छ । आज रेसुङ्गा नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रम गरी नगरपालिकाले सो अभियान विधिवत सुरुवात गरेको छ । नगरप्रमुख खिलध्वज पन्थीले जिल्ला भित्रका विभिन्न पालिकाका प्रतिनिधि, कार्यालय प्रमुख, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, बुद्धिजिवी,रेसुङ्गा संरक्षण समितिका पदाधिकारी,कर्मचारी तथा पत्रकारहरुको उपस्थितिमा सो कार्यक्रमको सुभारम्भ गरेका हुन् ।

नगरपालिकाले सोही कार्यक्रममा उपस्थित अतिथि एवम् सरोकारवालालाई जाउँ हिड रेसुङ्गा लेखेको टि-सर्ट वितरण गरेको थियो । कार्यक्रम पश्चात उपस्थिति प्राय: सबै तम्घास देखि रेसुङ्गा पोखरी सम्म पुगेर फर्किएका थिए ।

रेसुङ्गा तपोभूमिमा पर्याप्त सम्भावनाहरु हुदाहुँदै पनि पर्यटन र खासगरी पर्यटकहरुको संख्यामा वृद्धि र आगमन हुन नसकेको हुँदा त्यसलाई बढाउन, तिब्र बसाइसराई रोक्न, समाजको आर्थिक अवस्थालाई छिटो उकास्न र रोजगारीे सृजना गर्न पर्यटकको संख्या बढाउन, पर्यटकीय पुर्वाधारहरु विकास गर्न र निजी क्षेत्रको लगानी बढाउन नगरले विभिन्न सरोकारवाला सँग समन्वय र सहकार्य गर्दै , रेसुङ्गाको प्रचार प्रसारलाई तिब्र बनाई यहाँको आर्थिक विकासमा तत्काल देखिने गरि फड्को मार्न रेसुङ्गा नगरपालिकाले “जाउँ हिंड रेसुङ्गा” अभियान चलाएको हो ।

गुल्मी जिल्लामा अवस्थित रेसुङ्गा धार्मिक, ऐतिहासिक, पौराणिक एवं प्राकृतिक रुपले अत्यन्तै महत्व बोकेको स्थान हो । ऋष्यश्रृङ्ग ऋषिको तपस्यास्थल रेसुङ्गा हाम्रा महान ऋषिमुनिहरुले आफ्नो ज्ञानको ज्योति फैलाएको र सामाजिक विभेदको विरुद्ध जसमनी सम्प्रदायको रुपमा इतिहासमा आफ्नो क्रान्ति समेत जगाएको ठाउँ रेसुङ्गालाई मानिन्छ । सिद्धबाबा लगायतका धार्मिक मठ–मन्दिरहरुसँग हामी यहाँका बासिन्दाहरुको गहिरो आस्था जोडिएको छ । प्राकृतिक रुपले यहाँको वनजंगल, हरियाली, धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे जस्ता हिमश्रृखलाहरु, जडीबुटी, वन्यजन्तु र विशेष गरि चराचुरुङ्गीहरुले बाहिरबाट यहाँ आउने जो कोहीलाई पनि मनमोहक बनाउँछन् ।
जिल्ला भित्र पहिचान भएका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रवर्धन, रोजगारी सृजना,आर्थिक कृयाकलापमा बढोत्तरी, रुरुक्षेत्र, कालीगण्डकी, श्रृङ्गा, विचित्र गुफा, कङ्के देउराली लगायतलाई जोडेर गुल्मी जिल्लामा पर्यटन सर्किट निर्माण गर्ने यस अभियानको उदश्य रहेको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
गुल्मी जिल्ला भित्र रहेका प्रसिद्ध धार्मिक एवम् पर्यटकीय सम्भावना रहेका ठाउँहरु
सिद्धबाबा मन्दिर आस्थासँग जोडिएको, यज्ञशाला (हवन, शुद्धि कार्यक्रम अगाडी बढाइने)।
पोखरी (चारधामको जल ल्याइने),सानो रेसङ्गा,जंगल चरा वन्यजन्तु (नेपालमा पाईने २३५ चरा) रेसुङ्गा क्षेत्रमा रहेका छन ।रेसुङ्गा गौशाला (स्थानीय गाई) व्यावस्थापन गरिएको,गर्जुरापार्क पर्यटन पार्क सम्पन्न हुन थालेको छ । भुवानेडाँडा (रमणीय स्थल) धुर्कोट गाउँपालिका स्थित विचित्र गुफा,कंके देउराली, ऐतिहासिक ईस्मा दरबार, रुरु क्षेत्र।
ऐतिहासिक मुसिकोट दरबार, गुल्मी दरबार, ऐतिहासिक धुर्कोट कोट आदि हुन् ।
जाउँहिड अभियानको लक्ष्य
आर्थिक बर्ष २०८०र८१ मा आन्तरिक तथा वाह्य पर्यटकको संख्या १ लाख भन्दा बढि पुर्याउने।
निजि क्षेत्र सँग समन्वय गरी साहसिक पर्यटन (जिप लाईन, होटल) लगायतको क्षेत्रमा लगानी वृद्धि गर्ने।
आर्थिक वर्ष २०८०र८१ ली रेसुङ्गा भ्रमण वर्ष घोषणा गरी कार्यक्रम अगाडी बढाइने ।
छिमेकी जिल्ला, प्रदेश र अन्य ठाउमा स्थानीय सरकार संग समन्वय गरी पर्यटकीय गतिविधि सञ्चालन गरिने।
गुल्मी जिल्लाबाट निजामती क्षेत्रमा भएको उपस्थितिबाट लाभ लिन कर्मचारी संग विशेष कार्यक्रम।विमानको उडान संस्था वृद्धि ।
सडक संजाल।छिमेकी जिल्लालाई जोडेर पर्यटन सर्किट निर्माणका लागी प्रयास।
जिल्लाबाट बसाई-सराई सरेर अन्य जिल्ला राजधानी र विदेश्मा रहेका गुल्मेली नागरिक र सम्बन्धित संस्थाहरुको विशेष सम्बन्ध स्थापना गर्ने। स्थानीय परिकारहरु, स्वादहरुकोलागी कार्यक्रम सञ्चालन गर्ने।
रेसुङ्गा- अयोध्या सम्बन्धमा प्रगाढ बनाउने लक्ष्य रहेकाे नगरप्रमुख खिलध्वज पन्थीले आफ्नो प्रस्तुतिमा बताए ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend