साझा नेटवर्क
दर्शन सुनार, कतार जेठ २० ।
संखुवासभा समाज कतारको तेस्रो साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार राजेन्द्र खनालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्ष बिरेन मादेन लिम्बु, द्वितीय उपाध्यक्षमा भवानी शंकर पौडेल,महासचिवमा पदम प्र. सिम्खडा, सचिवमा भिम ब. थापा, सचिव अशोक न्यौपाने, कोषाध्यक्षमा शिव कु. खत्री, सह-कोषाध्यक्षमा मान बहादुर तामाङ रहेका थिए ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा उमेश सुवेदी, प्रबिण गौतम, डम्बर अधिकारी, कञ्चन भट्टराई, बुद्धिमान खुलाल, सन्तोष बि.क, दिपेन्द्र कार्की, किरण कट्टेल, पृर्थ बहादुर थापा, दिलिप भुसाल, प्रकाश लिम्बू, कृष्णा राई, डाेमा शेर्पा राई रहेका छन ।
समाजका कार्यवाहक अध्यक्ष निरन नेपालको सभापतित्व तथा कोशी प्रदेश कतारका अध्यक्ष चुडामणि कार्कीको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न जिल्ला, प्रदेश परिषद्, वैचारिक सङ्गठन, महिला समाज, पत्रकारहरू, सामुदायिक सङ्घसंस्थाहरूका अध्यक्ष तथा प्रतिनिधीहरु तथा कोशी प्रदेश समन्वय परिषद कतारमा आवद्ध जिल्ला संस्थाका प्रमुख एंव प्रतिनिधिको उपस्तिथि रहेको थियो।
आफनो शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि कार्कीले समाज सामजिक तथा आर्थिक कार्यमा अग्रणी रहेको बताउदै समाजले कतार तथा गृह जिल्लामा गरेका विभिन्न सामाजिक, आर्थिक कार्यहरु उदाहरणिय र उल्लेखनीय रहेको भन्दै आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरुको विभिन्न जोडदार सांस्कृतिक प्रस्तुति रहेको थियो । सोही अवसरमा समाजका सल्लाहकार एंव कलाकारहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
सचिब बिरेन मादेनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण महासचिव पदम प्र सिम्खडाले गरेका थिए । कार्यवाहक अध्यक्ष नेपालले समाजले गरेका विभिन्न कार्यलाई थप निरन्तरता दिदै आगामी दिनहरुमा नेपाली श्रम जिवीहरुको पक्षमा लागि पर्ने बताउदै कार्यक्रम समापन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend