logo
  • शुक्रबार, असोज ९ २०८३

बिहेको प्रस्ताव अस्विकार गर्दा कपिलवस्तुमा २ जनाको हत्या


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रिन्स मिश्रा कृष्णनगर , जेठ १८ । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या भएको छ । बिहेको प्रस्ताव अस्विकार गर्दा हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताएका छन ।

बाणगंगा नगरपालिका वडा नम्बर ६ , मटेरिया का ७० बर्षिय बम बहादुर थारु र उनकी भतिजी २२ बर्षिय अन्जनी थारुको चक्कु प्रहार गरि हत्या गरिएको हो । बिहिबार बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार भएको थियो । तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पतालमा लगिएको थियो ।

उनिहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीको कञ्चनका २२ बर्षिय मोहन थारुले उनिहरु माथी चक्कु प्रहार गरेको प्रहरी नायब उपरिक्षक घलेले जानकारी दिए । चक्कु प्रहार पछि दुबै जना गम्भिर घाईते भएका थिए ।

बम बहादुरको जीतपुरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोहन थारु र अन्जनी थारु विगत २ बर्ष देखी प्रेम सम्बन्धमा रहेको र विहेको प्रस्ताव अस्विकार गरेपछि हत्या गरेको बताए । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend