साझा नेटवर्क
उखु किसान र सरकारबीच सहमति भएको छ । १७ दिन देखि काठमान्डौमा आन्दोलनमा रहेका किसानहरूको माग सम्बोधन गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता गरिएको सर्घष समितिका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्द प्रसाद शर्माको संयोजक्तमा गठन भएको बर्ता टोली साउन मसान्त सम्म माग सम्बोधन गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०७१ – ७२ सालमा सरकारले उखु किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँ अनुदान दिएको थियो । उक्त अनुदान बापतको ढाइ करोड रकम सरकार सँग माग गर्दै किसानहरू काठमान्डौ गएका थिए । वार्ता टोली सँग भएको छलफल पछि साउन मसान्त सम्म रकम भुक्तानी गर्ने निर्णय भएको अध्यक्ष चौधरीले बताउनुभयो । हामी १७ दिन देखि माइतीघर मण्डलामा धर्नामा बसेका थियौ,आज निर्णय भएसँगै घर फर्किने तयारी गरेका छौ चौधरीले भन्नुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend