logo
  • शुक्रबार, असोज ९ २०८३

बुटवलको लुम्बिनी केबुलकार सञ्चालनमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,बुटवल जेठ १५ ।

आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार जेठ १५ गते आइतबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेठ १५ गते बिहान ८ बजेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको घोषणा गरेका थिए ।जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी व्यवसायिक सञ्चालनमा आएको बताउँदै अध्यक्ष ढकालले जेठ २५ गते औपचारिक रुपमा प्रधानमन्त्रीबाट उद्घाटन हुने बताए । बुटवलको वडा नं ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेशन रहेको केबलकारले यी दुबै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा छुट दिने घोषणासमेत गरेको छ ।

स्थानीयको साथ र सहयोगले केबुलकार छिटै सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा २५ प्रतिशत छुट गरिएको अध्यक्ष ढकालले बताए । प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाका लागि छुट्टाएको र उक्त रकम दुवै पालिकाले ५० प्रतिशतका दरले बाँडफाँड गर्ने ढकालले बताए । केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने भएकाले केबलकार सञ्चालनले प्रदेशको राजधानी दाङ सर्दा रुपन्देहीको व्यापार व्यवसायमा परेको असरलाई पूर्ति गर्ने र रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालले बताए ।

वसन्तपुर डाँडामा कामाख्या देवीको मन्दिर बनाएर नयाँ धार्मिक र पर्यटकीय गन्तव्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने ढकालले बताए । भारतको गोरखपुर, लखनउलगायतका शहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको बताए । बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।

२।६ किलोमिटर दूरीको लुम्बिनी केबलकारमा संसारकै राम्रो मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला ९यात्रु बोक्ने डिब्बा० रहेको आयोजना प्रमुख गोकुल साउदले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend